९ पुस २०८२, बुधबार | December 24, 2025

खजुरा गाउँपालिकाको गाउँसभामा उपप्रमुख सहित बहुमत सदस्यले बहिस्कार गर्दा बजेट अन्यौलमा



खजुरा । बाँकेको खजुरा गाउँपालिकाको १५औं अधिवेशनमा बहुमत सदस्यहरुले सभा बहिस्कार गरे पछि पालिकाको बजेट अन्यौलमा परेको छ । आइतबार आयोजना गरिएको गाउँसभाको अधिवेशनमा बहुमत सदस्यहरुले सभा बहिस्कार गरेपछि पालिकाको बजेट अन्यौलमा परेको हो ।

पालिका प्रमुख डम्मर विक तुफानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उपप्रमुख सहित बहुमत सदस्यले छलफल गर्न माग गरेपनि छलफल नै नगरी पास गर्न खोजिएपछि पालिका उपप्रमुख मन्जु मल्ल सहित २३ जना सदस्यहरुले सभा बहिस्कार गरेका हुन् । गाउँसभाको बहुमत २३ जना जनप्रतिनिधिले गाउँसभाको बहिष्कार गरिएको भएपनि सभा सुरु हुनुपूर्व लिइएको उपस्थितिको हस्ताक्षरलाई निर्णय मान्दै २१ जनाको सहमतिमा नीति तथा कार्यक्रम पास भएको प्रमुख बिकले घोषणा गरेका थिए ।

उपस्थितीलाई निर्णय प्रक्रिया मान्दै जबर्जस्ती नीति तथा कार्यक्रम पास भएको घोषणा गरिएको पालिकाकी उपप्रमुख मल्लले बताइन् । उनले नीति तथा कार्यक्रम प्रस्तुत भएपनि २३ जना जनप्रतिनिधिले बहिष्कार गरेको सभामा २१ जना बसेर गरिएको पास लाई पास भएको मान्न नसकिने बताइन् । उनले नीति तथा कार्यक्रममा आफुहरुको खासै धरै विषय नभएको बताउँदै जनताले अनुभुती गर्ने गरि केही कार्यक्रमहरु समावेश गर्नु पर्ने र लामो समयदेखि कर्मचारी र जनप्रतिनिधिबीचको असमझदारीलाई कार्यक्रममा सम्बोधन गरेर लैजानु पर्ने मागलाई प्रमुख बिकले नमाने पछि बहिस्कार गर्नु परेको बताइन् ।

बजेटका बिषयमा खबरकुराको प्रश्नमा उनले अझै बसेर छलफल गर्न सकिने बताइन् । ‘१-२ घण्टा बसेर आवश्यक कुरा समावेश गर्ने र प्रक्रिया पुरा गरेर पास गरेर जान सकिन्छ,’ उनले भनिन्, ‘हाम्रो ठुला माग र स्थानीय सरकारलाई असहज बनाउने उद्देश्य हुँदै होइन ।’

घटना सम्बन्धमा बुझ्न फोन गर्दा पालिका प्रमुख बिकले मोबाइल उठाएनन् भने पालिकाका प्रवक्ता धनराम ओलीले मोबाइल स्वीच अफ गरेर बसेका छन् । प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले समेत मोबाइल उठाएनन् । ४४ सदस्सीय सभामा २३ जनाको बहिस्कारको घोषणाले आउने हप्ता प्रस्तुत गर्नुपर्ने बजेट अन्यौलमा परेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : ५० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना