१६ फाल्गुन २०८२, शनिबार | March 1, 2026

खजुरा गाउँपालिकाको गाउँसभामा उपप्रमुख सहित बहुमत सदस्यले बहिस्कार गर्दा बजेट अन्यौलमा



खजुरा । बाँकेको खजुरा गाउँपालिकाको १५औं अधिवेशनमा बहुमत सदस्यहरुले सभा बहिस्कार गरे पछि पालिकाको बजेट अन्यौलमा परेको छ । आइतबार आयोजना गरिएको गाउँसभाको अधिवेशनमा बहुमत सदस्यहरुले सभा बहिस्कार गरेपछि पालिकाको बजेट अन्यौलमा परेको हो ।

पालिका प्रमुख डम्मर विक तुफानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उपप्रमुख सहित बहुमत सदस्यले छलफल गर्न माग गरेपनि छलफल नै नगरी पास गर्न खोजिएपछि पालिका उपप्रमुख मन्जु मल्ल सहित २३ जना सदस्यहरुले सभा बहिस्कार गरेका हुन् । गाउँसभाको बहुमत २३ जना जनप्रतिनिधिले गाउँसभाको बहिष्कार गरिएको भएपनि सभा सुरु हुनुपूर्व लिइएको उपस्थितिको हस्ताक्षरलाई निर्णय मान्दै २१ जनाको सहमतिमा नीति तथा कार्यक्रम पास भएको प्रमुख बिकले घोषणा गरेका थिए ।

उपस्थितीलाई निर्णय प्रक्रिया मान्दै जबर्जस्ती नीति तथा कार्यक्रम पास भएको घोषणा गरिएको पालिकाकी उपप्रमुख मल्लले बताइन् । उनले नीति तथा कार्यक्रम प्रस्तुत भएपनि २३ जना जनप्रतिनिधिले बहिष्कार गरेको सभामा २१ जना बसेर गरिएको पास लाई पास भएको मान्न नसकिने बताइन् । उनले नीति तथा कार्यक्रममा आफुहरुको खासै धरै विषय नभएको बताउँदै जनताले अनुभुती गर्ने गरि केही कार्यक्रमहरु समावेश गर्नु पर्ने र लामो समयदेखि कर्मचारी र जनप्रतिनिधिबीचको असमझदारीलाई कार्यक्रममा सम्बोधन गरेर लैजानु पर्ने मागलाई प्रमुख बिकले नमाने पछि बहिस्कार गर्नु परेको बताइन् ।

बजेटका बिषयमा खबरकुराको प्रश्नमा उनले अझै बसेर छलफल गर्न सकिने बताइन् । ‘१-२ घण्टा बसेर आवश्यक कुरा समावेश गर्ने र प्रक्रिया पुरा गरेर पास गरेर जान सकिन्छ,’ उनले भनिन्, ‘हाम्रो ठुला माग र स्थानीय सरकारलाई असहज बनाउने उद्देश्य हुँदै होइन ।’

घटना सम्बन्धमा बुझ्न फोन गर्दा पालिका प्रमुख बिकले मोबाइल उठाएनन् भने पालिकाका प्रवक्ता धनराम ओलीले मोबाइल स्वीच अफ गरेर बसेका छन् । प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले समेत मोबाइल उठाएनन् । ४४ सदस्सीय सभामा २३ जनाको बहिस्कारको घोषणाले आउने हप्ता प्रस्तुत गर्नुपर्ने बजेट अन्यौलमा परेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : ५० बजे

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि : नेपालमा यथावत्

काठमाडौँ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग