६ पुस २०८२, आइतबार | December 21, 2025

अस्ट्रेलियालाई हराउदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा



काठमाडौं । भारत जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्बाधिक ७६ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको ब्याटिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

यो जितपछि भारत सुपर आठको समुह ए बाट शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा जुन २७ मा इङल्याण्डसँग खेल्ने छ ।

त्यसैगरी यो हारपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । अब मंगलबार बिहान हुने अफगानिस्तान र बंगलादेशको खेलपछि मात्र समुह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ