६ पुस २०८२, आइतबार | December 21, 2025

कोपा अमेरिका : ब्राजिल कोस्टारिकासँग बराबरीमा, कोलोम्बियाको विजयी शुरुवात



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टा रिकासँग गोलरहित बराबरी खेलेको हो ।

समुह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन् ।

समुह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ होल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।

यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टा रिकाको एक एक अंक रहेको छ ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोहि दिन कोस्टा रिकासँग खेल्ने छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ०६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ