११ असार २०८३, बिहिबार | June 25, 2026

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै



काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा बस्दै छ ।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ । बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान आइपुगेका थिए ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछन् । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुनले गर्नेछन् ।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १० : ३३ बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका

रास्वपाको मतदान सम्पन्न, ११ सय बढी प्रतिनिधि मतदानमा सहभागी भएनन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका