२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा, कसको भिडन्त कोसँग ?



काठमाडौं । जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् ।

सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।

अब सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । बिहिबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६: १५ बजेदेखि शुरु हुने छ ।

दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानिस्तानले समुह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रिका १० बर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस आघ इ२०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रीका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडी बढ्न सकेको छैन ।

त्यस्तै अफगानिस्तान भने इतिहास बनाउदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी -२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

भारत यस विश्वकपमा अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ भने इङल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

भारतले २००७ को टी-२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।

भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी-२० खेल भएका छन् । जसमा भारतले १२ र इङल्याण्डले ११ खेल जितेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : ०५ बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका