९ माघ २०८२, शुक्रबार | January 23, 2026

केन्यामा कर बढाएको विरोधमा संसद भवनमा आक्रमण



काठमाडौं । पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन शुरु भएपछि यसले उग्र रुप लिएको छ । राजधानी नैरोबीमा प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगो लगाइदिएको दृश्य भिडियोमा देखिएको छ । प्रदर्शनकारी संसद भवनमा पुगेर आगो लगाएपछि सांसदहरुलाई भूमिगत सुरुङबाट बाहिर निकालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

केन्याका अन्य धेरै सहर र सहरहरूमा पनि विरोध र झडपहरू भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न माग गरिरहेका छन् ।

राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै रुटोले कर बहसलाई ‘खतरनाक व्यक्तिहरूले अपहरण गरेको’ बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ४३ बजे

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति