६ पुस २०८२, आइतबार | December 21, 2025

अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास



काठमाडौँ । अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए ।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी-२० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन् ।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए । उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए ।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी-२० डेभ्यु गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी-२० लिग भने खेल्ने बताइएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १० : ३१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा