६ पुस २०८२, आइतबार | December 21, 2025

टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा



काठमाडौं । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् । आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।

यस अघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।

त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६ औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौं स्थानमा रहेका छन् ।

त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१ औं स्थानमा छन् भने आसिफ सेख ६९ औं स्थानमा छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा