७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु



इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् । यद्यपि, मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया सहरमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएको छ ।

मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि सुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ५ : ५० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज