१८ चैत्र २०८२, बुधबार | April 1, 2026

दक्षिण अफ्रिका पहिलोपटक टी-२० विश्वकपको फाइनलमा प्रवेश



काठमाडौं । दक्षिण अफ्रिका जारी नवौँ संस्करणको आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अविजित रहेका रीजा हेन्ड्रिक्सलेले २९ कप्तान एडन मार्कमले २३ रन बनाए ।

यस्तै, क्विन्टन डिककले ५ रन जोडे । अफगानिस्तानका लागि फजलहक फारुकीले मात्र एक विकेट लिन सके ।

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो । उसका लागि अजमातुल्लाह उमरजाईले सर्वाधिक १० रन जोडे ।​

रहमानउल्लाह गुरबाज (शून्य), इबराहिम जाद्रान (२), गलबन्दिन नाइबन (९), मोहम्मद नाबी (शून्य), नङ्गेलिया खरोटे (२), करिम जनत (८), नूर अहमद (शून्य), कप्तान राशिद खान (८) र नवीनलउल हक (२) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ४१ बजे

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी