२० माघ २०८२, मंगलबार | February 3, 2026

इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत १० वर्षपछि टी-२० विश्वकपको फाइनलमा

उपाधिका लागि दक्षिण अफ्रिका र भारत भिड्दै



काठमाडौं । जारी नवौँ संस्करणको आइसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति गयानामा भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी-२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि सन् २०१४ काे विश्वकपमा भारतले फाइनल खेलेकाे थियाे । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएकाे भारत याे पटक उपाधि चुम्ने दाउमा छ । दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।

भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो ।

इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए ।

जोन्नी बेयरस्टो र मोइन अलीलाई पनि अक्षरले सस्तैमा पेभेलियनको बाटो देखाए । स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए । त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने ।

क्रिस जोर्डन १, लियम लिभिङस्टोन ११ र आदील रशिद २ रन बनाएर पेभेलियन फर्किए । जोफ्रा आर्चरले अन्तिम तिर केही विष्फोटक ब्याटिङ गर्ने प्रयत्न गरेपनि बुम्राहको बलमा आउट भए । उनले १४ बलमा २१ रन बनाएका थिए ।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : २३ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले

जनवरीमा मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि