१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

नेकपा एकीकृत समाजवादी महाधिवेशन : सर्वसम्मत नेतृत्व चयनको प्रयास



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।

राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।

पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिएका छन ।

सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गरेको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाएका छन ।

कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी थिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।

यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १२ : ०१ बजे

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिउ छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका