४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन



काठमाडौं । मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकार द्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरुमा समानुपातिक समावेशिता तथा समनाताको बारेमा उल्लेख भएपनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यन्वयनको अवस्था निकै कम्जोर देखिएको उल्लेख गरेका छन् ।

सो पत्रमा विगत केही वर्ष देखि राज्यको विभिन्न अंगहरु जस्तै कुटनीतिक नियोग, संवैधानिक निकाय आदिहरुमा हुने नियुक्तिमा मधेशी समुदायको शुन्य प्रतिशत उपस्थिति देखिएकोले आयोगको गम्भीर ध्यानकर्षण भएको बताइएको छ ्र यसरी राज्यको विभिन्न महत्वपूर्ण निकायहरुमा हुने नियुक्तिमा समानुपातिक समावेशिताको सिद्धान्त पालना नभएको विषय निकै चिन्ताजनक भएको समेत पत्रमा उल्लेख गरिएको छ ।

सो पत्र मार्फत आयोगले आगामी दिनहरुमा हुने नियुक्तिहरुमा समानुपातिक समावेशिता तथा समानताको सिद्धान्तलाई अक्षरसः कार्यान्वयन हुने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको