१९ माघ २०८२, सोमबार | February 2, 2026

अन्य जिल्लामा धान दिवस मनाउँदा बाँकेमा ३ प्रतिशत मात्र रोपाँइ



नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु, असार १५ सम्म पनि पानी नपर्दा निरास बनेका छन् ।

असार १५ गते बिहान सम्ममा कृषि ज्ञान केन्द्र बाँकेले ४ प्रतिशत मात्र रोपाँई भएको जानकारी दिएको छ । समयमा पानी नपर्दा रापाँई हुन नसकेको ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत अनसि श्रेष्ठले जानकारी दिए । उनले अघिल्लो वर्षहरुमा असार १५ सम्ममा १५ देखि २० प्रतिशत धान रोपाँई हुने गरेकोमा यस वर्ष पानी नपरेका कारण हुन नसकेको बताए । जेठ महिनामा पानी नै नपरेकाले ब्याड हाल्ने काम नै नभएको बताउँदै उनले भाद्रको पहिलो साता सम्ममा बाँकेमा रोपाँई सहिने अनुमान गरे । बाँकेमा ३४ हजार ८५० हेक्टर जमिनमा धान खेती हुने गरेको उनले बताए ।

बाँके खजुरा ८ का किसान भगवानदिन थारुले मौसम विज्ञहरुले किसानलाई झुक्याएको बताए । छिटो मनुसन भित्रिएको समाचार सुनेर बिउ हालेकोमा बिउ खेतमै सुकेको उनले बताए । लामो समयको सुख्खाले बाँकेमा सामान्य हेण्डपम्प र मोटरमा समेत पानी आउन छाडेको छ ।

जिल्लामा ५७ हजार २५२ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकोमा ५२ हजार ८३८ हेक्टरमा खेती गर्ने गरिएको छ । बाँकेमा १८ हजार ५७२ हेक्टर जमिनमा मात्र सिँचाईको सुबिधा पुगेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ५३ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई