१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड



काठमाडौं । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन ।

संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन ।

संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ ।

मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन ।

संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ५५ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ