९ पुस २०८२, बुधबार | December 25, 2025

भैरहवा बैंक रोडका अधिकांश पसलमा पानी पस्यो (फोटो फिचर)



भैरहवा । आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैक रोडका अधिकांश पसलहरुमा पानी पसेको छ । केही समय मात्रै भएको भारी वर्षाले बैक रोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो ।

पानीको निकाश नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्य को समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेको छ ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ०५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना