९ पुस २०८२, बुधबार | December 25, 2025

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्यौं- कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताएका छन् ।

कांग्रेसको पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग  सहमति गरेको बताएका छन् ।

उनले संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताए । उनले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरेका छन् ।

उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन् ।

प्रवक्ता महतले गएराती सभापति देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताए ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ४७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना