३ असार २०८३, बुधबार | June 17, 2026

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने



काठमाडौं । माओवादीको पदाधिकारी बैठकले एमाले अध्यक्ष केपी ओलीले मागे अनुसार मार्ग प्रसस्त नगर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने निर्णय गर्दै बिश्वासको मत मागेर अघि बढ्ने निर्णय गरेको हो।

माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा राखेपछि बैठकले सोही अनुरुप निर्णय गरेको उनले बताए । दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर नमिल्ने उनले बताए ।

कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा पदाधिकारीको बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताबाट आएपनि प्रचण्डले विश्वासको मतको सामना गर्ने धारणा राखेपछि बैठकबाट सोही अनुसार निर्णय भएको बताइएको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : ४४ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ