९ पुस २०८२, बुधबार | December 24, 2025

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा रहेको नेतान्याहुको भनाइ



जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका छन ।

हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गरेका हुन ।

नेतान्याहुको कार्यालयका अनुसार, उनले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमण माथि सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिन पछि नेतन्याहुको यस्तो अनुमान आएको हो । राफाह लडाईमा जोड दिदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहुको कार्यालयले जनाएको छ ।

सोमबार पनि, इजरायली रक्षा बल (आईडीएफ) ले पूर्वी खान युनूसबाट नागरिकहरूको सामूहिक निकासीको आदेश दिए सँगै दक्षिणी गाजन सहरमा सम्भवतः यस क्षेत्रमा पुनः समूहबद्ध भएका हमास सेनाहरूसँग लड्नका लागि स्थल सेनाहरूले चाँडै आफ्नो आक्रमणहरू पुनः सुरु गर्न सक्ने सङ्केत गर्यो ।

इजरायलले अप्रिलको सुरुमा खान युनूसमा ठुलो मात्रामा आक्रमण गर्यो र पछि आफ्नो अधिकांश सेना फिर्ता लियो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ५१ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना