८ कार्तिक २०८३, आइतबार | October 25, 2026

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने



नेपालगन्ज । मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् ।

नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उनले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताए ।

नेपाल र अन्तर्राष्ट्रियस्तरका उद्योग एवं शैक्षिक संस्थाहरुबीच आवश्यक भएकामा जोड दिँदै उनले भने, “यस्ता साझेदारीले हाम्रो शैक्षिक प्रयासलाई अझ सुदृढ बनाउने छभने लुम्बिनी प्रदेशमा राष्ट्रको सामाजिक आर्थिक विकासमा योगदान गर्ने अवसर प्राप्त हुनेछ ।”

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्काल गर्न सङ्घीय सरकारसँग माग गर्दै शिक्षा क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ, दुर्गाबहादुर चौधरीलगायत वक्ताले विश्वविद्यालयको शैक्षिक उन्नयनका विविध विषयमा मन्तव्य व्यक्तभएको थियो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा गणेशमान गुरुङले विश्वविद्यालयलाई राजनीतिक गतिविधिबाट मुक्त गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । रासस

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : १० बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले