९ पुस २०८२, बुधबार | December 25, 2025

रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा, छलफलपछि महामन्त्रीको प्रतिवेदन सार्वजनिक हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको केन्द्रीय समितीको बैठकमा महामन्त्री डा. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी रहेको छ ।

सहप्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ७० प्रतिशत सदस्यले प्रतिवेदनमाथि आफ्नो मत राखेका छन् । झाले प्रतिवेदनमाथिको छलफल पश्चात प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् ।

साथै अहिले मिडियामा सार्वजनिक भएको भनिएको प्रतिवेदन, महामन्त्रीले सभापतिलाई भुझाएको प्रतिवेदन भन्दा फरक रहेको समेत झाले बताए ।

बुधबार बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले सबैको ध्यान केन्द्रित गरेका थिए । उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको विषय बैठकले अस्वीकार गरेपछि मुखमा कालो टेप लगाएर बैठकमा बसेका थिए । जुन तस्बीर सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।

साथै ढकालले बैठकमा प्रस्तुत गर्न खोजेको प्रस्ताव सभापति रबि लामिछानेले पेश गर्न नदिएको आरोप समेत उनले लगाएका छन् । महामन्त्रीले मुखमा कालो टेप लगाएर बसेपछि उनले तयार गरेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : ४६ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना