१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एमाले अध्यक्ष ओली आज बुटवल आउँदै



बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै छन । एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्न ओली आज बुटवल आउन लागेका हुन ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईई मा ३.६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकै ठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।

दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्नेछन् । अन्तरक्रियात्मक ढंगले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरुको अन्तक्र्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरुको पनि कार्यक्रममा सहभागिता रहने बताए ।

कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, अनेरास्ववियुका अध्यक्ष समक बडाल समेत सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ४७ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”