७ श्रावण २०८३, बिहिबार | July 24, 2026

बेलायतमा सुनकको बिदाई निश्चित, लेबर पार्टी सत्तामा फर्किदै



काठमाडौं ।  बेलायतमा विहिबार सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रम शुरु भएको छ । यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको भएपनि सर्वेक्षणले लेबर पार्टीले बहुमत ल्याउने देखाएका छन् ।

सर्वेक्षणहरुले ६५० संसदीय सीट मध्ये लेबर पार्टीले ४ सय भन्दा बढी जित्ने अनुमान गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले केवल १३० सिट जित्ने अनुमान गरेका छन् । यदि सर्वेक्षण सही साबित भयो भने, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा सत्ता संचालनको जिम्मेवारी १४ वर्षमा पहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारी लिनेछन् । लेबर पार्टीबाट केयर स्टारर प्रधानमन्त्री बन्ने छन् ।

बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् । यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन्।

२०२० मा, केयर स्टारर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए । तर, स्टारमर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो । उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टारमरको प्रयास सफल भएको देखिन्छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ४५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी