२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

गुल्मीको रिडी-पूर्तिघाट सडक अवरुद्ध



गुल्मी । वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी-पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न समस्या भइरहेको उनले बताए ।

वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको तम्घास‐रिडी खण्ड भने सञ्चालन भएको सूचना अधिकारी पोख्रेलले जानकारी दिए । उक्त खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालीका मोड, छत्रकोट गाउपालिकाको शृङ्गा र गुल्मीदरबार गाउँपालिकाको बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक स्थानीय पालिका र निर्माण व्यवसायीको पहलमा सञ्चालन गरिएको हो ।

सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीमा आवतजावत गर्ने र बीचमा रोकिएका सम्पूर्ण सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका सूचना अधिकारी पोख्रेलले बताए । वर्षाका कारण सडक अवरुद्ध बनेपछि ग्रामीण भेगबाट सदरमुकाम तम्घास आउने एक दर्जनभन्दा बढी सडक अवरुद्ध बनेका छन् ।

निरन्तर वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तथा खोला किनार क्षेत्र र पहिरोग्रस्त क्षेत्रका स्थानीयलाई सर्तक रही सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । प्रशासनले वर्षाको समयमा अत्यावश्यक काम बाहेक मानिसलाई लामो यात्रामा ननिस्कनसमेत आग्रह गरेको छ ।

वर्षाका कारण कालीगण्डकी, बडिघाट, छल्दी, निस्तीलगायत नदी तथा स्थानीय खोलामा पानीको बहाव बढ्दै जान थालेकाले सर्तक रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : ३८ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा