१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

राप्तीको जल सतह ७ दशमलव ९० मिटर पुग्यो, सिक्टाको ढोका नखुल्दा बस्ती डुबानमा



नेपालगन्ज । राप्ती नदीमा जल सतह खताराको बिन्दुभन्दा माथि पुगेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार बिहान १०ः३० बजे ५ दशमलव ७५ मिटर रेकर्ड गरिएकोमा अहिले बढेरनदीको सतह ७ मिटर ९० सेन्टिमिटर पुगेको छ ।

नदीको सतह झन् झन् बढ्दै गएपछि राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा जोखिममा परेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राप्तीको बाढीले बाघखोरका स्थानीय बासिन्दा खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा क्षति पुर्याएको छ ।

बाढी राप्ती सोनारी(१ अन्तर्गत पर्ने कुसुम क्षेत्रका अन्य गाउँमा पनि पसेको बताइएको छ । राप्तीको बाढीले अगैयामा रहेको झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ स्थानीयले बताएका छन् । यस्तै अगैयास्थित दाहसंस्कार स्थलको प्रतिक्षालय पनि नदी कटानमा परेको छ ।

राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेपनि सिक्टा सिचाई आयोजनाले बाँकेको अगैयास्थित ब्यारेजका १४ वटा मात्रै ढोका खोलेको बताइएको छ ।

ब्यारेजका कुल १८ वटा ढोका मध्ये ४ वटा ढोका अझै बन्द रहेका छन्। ब्यारेजका सबै ढोका नखोल्दा अगैयाभन्दा माथिका केही गाउँहरूमा बाढी पसेको र गाउँ नै डुबानमा पर्ने जोखिम बढेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ४० बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से