७ श्रावण २०८३, बिहिबार | July 24, 2026

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री



काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा विलेम(अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटेले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरलको भिडियोमा, रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ, जबकि उनका कर्मचारीहरूले उनलाई हल्लाउँदै बिदाई गरेका छन् । रुटे प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उनको फोटो र भिडियो खिचिरहेका थिए ।

करिब डेढ दशक नेदरल्याण्डको नेतृत्व गरेपछि रुटेले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानेछन्, जहाँ उनले यस वर्षको अन्त्यमा नाटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नेछन् । उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो० ले गत महिना मार्क रुटलाई यसको अर्को महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उनले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।

ब्रसेल्समा ३२ सदस्यीय गठबन्धनको मुख्यालयमा भएको बैठकमा नाटोका राजदूतहरूले रुटेको नियुक्तिलाई अन्तिम स्वीकृति दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी नेताहरूले जुलाई ९ देखि ११ सम्म वाशिंगटनमा शिखर सम्मेलनमा उनलाई औपचारिक स्वागत गर्नेछन् । नेदरल्याण्ड्सका पूर्व प्रधानमन्त्रीले अक्टोबर १ मा नर्वेका वर्तमान महासचिव जेन्स स्टोल्टनबर्गको स्थान लिनेछन् । स्टोल्टनबर्ग एक दशकभन्दा बढी समयसम्म नाटोको महासचिव पदमा थिए । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि उनको कार्यकाल थपिएको थियो ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : १३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी