९ पुस २०८२, बुधबार | December 24, 2025

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते



दाङ । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । स्थानीय नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका मध्य तीजना महिलालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ११ : १३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना