७ आश्विन २०८३, बुधबार | September 23, 2026

चिनियाँ राष्ट्रपति सी र हङ्गेरीका प्रधानमन्त्री ओर्बानवीच युक्रेन सङ्कटबारे छलफल



बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग भेटवार्ता गरेका छन् । वार्तामा नेताद्वयले युक्रेन सङ्कटबारे विचार आदानप्रदान गरेका छन् ।

हङ्गेरिका प्रधानमन्त्री ओर्बानले चिनियाँ नेता सीलाई युक्रेन र रूसको हालैको भ्रमणको बारेमा जानकारी दिएको र राष्ट्रपति सीले युक्रेन सङ्टको राजनीतिक समाधानलाई बढावा दिन ओबानले गरेको प्रयासको प्रशंसा गरे ।

चीनका राष्ट्रपति सीले प्रारम्भिक युद्धविराम र राजनीतिक समाधान सबै पक्षको हितमा रहेको कुरामा जोड दिँदै युद्ध विस्तार नगर्ने, लडाइँमा वृद्धि नगर्ने र कुनै पनि पक्षले युद्ध रोक्न नचाहेको अवस्थामा यस्ता सिद्धान्त पालना गरेर परिस्थितिलाई शान्त पार्नु प्राथमिकता रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई परिस्थिति सिर्जना गर्न र दुई पक्षबीच प्रत्यक्ष संवाद र वार्ताको पुनः प्रारम्भका लागि समर्थन प्रदान गर्न आह्वान गर्दै सबै प्रमुख देशहरूले नकारात्मक उर्जाको सट्टा सकारात्मक ऊर्जा दिए मात्र सकेसम्म चाँडो युद्धविराम हुनसक्ने उल्लेख गरे ।

चीनले आफ्नै तरिकाले शान्ति वार्तालाई सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएको र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासहरूलाई प्रोत्साहित र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गरे ।

चीन र हङ्गेरीको आधारभूत प्रस्ताव र उनीहरूको प्रयासको दिशा एउटै भएको र चीन हङ्गेरी र सबै सम्बन्धित पक्षहरू सम्पर्कमा रहन इच्छुक रहेको उनले बताए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज