७ श्रावण २०८३, बिहिबार | July 24, 2026

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिको मृत्यु



युक्रेन । रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताए ।

केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाका अनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन ।

किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण शहरका भवनहरू हल्लिएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताएका छन ।

किएभ शहर प्रशासनले केही क्षेत्रमा क्षेप्यास्त्रबाट खसेको भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ । किएभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको थियो ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले शहरका सडकमा धेरै मानिस भेला भइरहेका बेला आक्रमण भएको बताएका छन् । कीभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणको परिणामबारे आधिकारिक आँकलन भइरहेको बताएका छन ।

युक्रेनको मध्य निप्रोपेत्रोभ्स्क क्षेत्रमा पनि स्थानीय अधिकारीहरूले विस्फोटको खबर दिएका छन् । युक्रेनलाई गठबन्धनको अटुट समर्थनबारे कसरी आश्वस्त पार्ने र दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्वबाट युक्रेन कसरी गुज्रन सक्छ भन्ने आशा जगाउने उद्देश्यका साथ वासिङ्टनमा हुने नेटोको तीन दिने शिखर सम्मेलनको पूर्वसन्ध्यामा यो आक्रमण भएको हो ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : १५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी