७ श्रावण २०८३, बिहिबार | July 24, 2026

युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु



काठमाडौं । युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् । राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ । यी १७ मृत्यु मध्ये, दुई बाल अस्पतालमा भएको थियो । निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ । आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो । बाल अस्पतालमा देखिएको तस्विरमा ठूलो क्षति देख्न सकिन्छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन् । जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । जेलेन्स्कीले किभ र स्लोभियान्स्क लगायतका शहरहरूमा ४० वटा छुट्टाछुट्टै मिसाइल हमला भएको बताए ।

यी आक्रमणमा आवासीय भवन, भवन र बाल अस्पतालमा क्षति पुगेको छ । धुवाँको बादल कीभ शहर भर देख्न सकिन्छ ।

जेलेन्स्कीले एक सामाजिक सञ्जाल पोस्टमा मानिसहरू अस्पतालको भग्नावशेषमा फसेको जानकारी दिदै चिकित्सक, नर्स र सर्वसाधारणले पनि भग्नावशेष हटाउने प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ०० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी