६ पुस २०८२, आइतबार | December 21, 2025

‘देउवा–ओली गठबन्धनविरुद्ध माओवादी एक हुन्छ’



काठमाडौं । विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र सहित  काँग्रेस–एमालेको गठबन्धन भएको भन्दै त्यस विरुद्ध सबै माओवादीले एकभएर मुकाबला गर्ने उद्घोष गरेका छन् । संविधान संशोधन गरेर समानुपातिक र समावेसीलगायतका उपलब्धि उल्टाउन खोजिएको नेताहरुको निश्कर्ष छ ।

मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य माईला लामाले निरकुमार राई जस्तैः हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाए । उनले नेकपा (माओवादी केन्द्र) तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको आरोप लगाउँदै आफूहरु क्रान्तिलाई निरन्तरताका लागि अगाडी बढेको दाबी गरे । “जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो ।” उनले भने ।

लामाले दलाल पूँजीवादी व्यवस्थाको कारण हजारौं यूवाहरु पलायन हुनबाध्य भएको र देशलाई थप कमजोर बनाउन देउबा–ओलीको गठबन्धन भएको बताए । “अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरुले २०४७ तिर फार्काउने कुचेस्टा गरिरहेका छन् सबै माओवादी एक बनेर लडौं ।”

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले देशलाई अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदीय भाषमा फसेको कराण उपलब्धिको रक्षा नभएको उनले जिकिर गरे । “यो व्यवस्थामा प्रचण्ड, केपी या देउबा जो आएपनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौं ।”

भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्धाले माओवादी र उत्पीडित जनतालाई झस्काएको बताए ।

राजनीतिक विश्लेशक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई, घाइते योद्धा सुरेन्द्र महर्जन, सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषालगायतको उपस्थिति रहेको थियो ।

नेकपाका तत्कालिन भोजपुर जिल्ला इन्चार्ज निरकुमार राइको २०७६ असार ६ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार रहेका बेला हत्या गरिएको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ३४ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र