२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

माओवादी पार्टीहरुको एकता चाडैं टुङ्गोमा पुग्छ : प्रचण्ड

माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिन्छ : विप्लव



चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन् ।

नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए। आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताए ।

अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताए। उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताए ।

उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए। उनीजस्तै हजारौं यौद्धाको बलिदानबाट क्रान्ति अघि बढाउन उर्जा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु नै उहाँहरुप्रतिको साचो श्रद्धाञ्जली हुने बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने दाबी गरे । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको उनले बताए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपंथी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताइन ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए । उनले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा सामना सास्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : ४८ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न