२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सबै माओवादी धार एकीकृत हुन आवश्यक छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुटफुट र विभाजनबाट अलगअलग भएका माओवादी धार एकीकृत बन्नुपर्ने बताएका छन् ।

नेत्र विक्रम चन्दको नेकपाबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनसहितका नेताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादीका सबै धाराहरु एकीकृत हुन आवश्यक रहेको बताएका हुन् ।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत हुन जरुरी रहेको जिकिर गरे ।

विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिए पनि अहिले धेरै साथीहरु माओवादीको मूलधारमा फर्किन थालेको बताए । उनले भने, ‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले नेकपाका पूर्व पोलिटब्युरो सदस्य एवं सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पुनसहित ६७ जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुले केही दिन अघि माओवादी पार्टीहरुबीच ध्रुवीकरणको अभियानमा लाग्ने भन्दै चन्द नेकपाबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ५९ बजे

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे

डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा

सुनकोसी मरिण डाइभर्सनको सुरुङको आज ब्रेक थ्रू

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन