४ चैत्र २०८२, बुधबार | March 19, 2026

बुटवलमा ‘वैरोध्य भोज’ सम्बन्धी अभिमुखीकरण सम्पन्न



बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन लुम्बिनी प्रदेश समितिको संयोजनमा बुधबार बुटवलमा ‘दीर्घ जीवनका लागि वैरोध्य भोज’-विषयक अभिमुखीकरण सम्पन्न भएको छ । आयुर्वेद डा. वि.पी. तिमिल्सिनाले सहजीकरण गर्दै मानव स्वास्थ्यका लागि पूर्वीय दर्शनसँग आधारित ज्ञानको प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिए ।

डा. तिमिल्सिनाले नेपाल प्राकृतिक तथा आयुर्वेदिक सम्पदा सम्पन्न मुलुक भए पनि त्यसको प्रयोग गर्न नसकेको उल्लेख गरे । मुलुकको बिकास लागि त्यहाँको सभ्यताको संरक्षण र प्रचार प्रसारनै प्रमुख कुरा भएको बताउँदै उनले पुर्खाहरुमा रहेको आयुर्वेद ज्ञान, सीप र पूर्वीय सभ्यतालाई विश्वसामू बेचेर आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । पश्चिमी सँस्कृतिको अतिक्रमणसँगै हाम्रो भान्सामा विष भरिएको बताउँदै उनले हामीले प्रयोग गर्ने भाडाबर्तन तथा जीवनशैलीमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । आर्थिक रुपले बिकसित मानीएका विश्वका शक्तिशाली राष्ट्रहरुले समेत आयुर्वेद ज्ञान र पूर्वीय सभ्यता नै ठिक हो भन्नेमा पुगेर सोही अनुसार अनुशरण गर्न लागेको बताउँदै उनले नेपालले पनि ढिला गर्न नहुने तर्क गरे ।

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन केन्द्रीय समितिको आयोजना तथा पाथिभरा आयुर्वेदिक अस्पतालको सौजन्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद पौडेल, लुम्बिनी प्रदेश अध्यक्ष टेक बुढा लगायतले प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्नका लागि आग्रह गरे । प्राधिकरण लुम्बिनी प्रदेश अन्तरगतका करिब डेढ सय कर्मचारीलाई सहभागीमा भएको अभिमुखीकरणमा हामीले दैनिक जीवनमा भान्सामा गर्ने कमजोरी र सुधार्नुपर्ने व्यवहार बारे जानकारी गराइएको थियो ।

अन्तरक्रियात्मक उक्त कार्यक्रमा सहभागीहरुले विभिन्न रोगका आयुर्वेदिक उपचार तथा रोकथामका उपाय बारे जिज्ञासा राखेका थिए । कर्मचारी युनियन लुम्बिनीका प्रथम उपाध्यक्ष कल्पना ज्ञवालीको स्वागत तथा सचिव गोपाल प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ०७ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन