१० पुस २०८२, बिहिबार | December 25, 2025

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध



गोरखा । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका-१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

आज बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो । “साना-साना पहिरोसमेत ठाउँ-ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ”, उनले भने, “नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ ।”

आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उनले बताए । सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छन् ।

गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा ठप्प भएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ३८ बजे

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा