२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु



काठमाडौं । कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् ।

सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो ।

खेल सकिएपछि उरुग्वेका डार्विन नुनेज कोलम्बियाका फ्यानहरु रहेको ठाउमा पुगेर हातपात शुरु गरेका थिए । नुनेजले हानेपछि कोलम्बियाका फ्यान घाइते भएको बताइएको छ ।

त्यसपछि उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार नुनेजलाई लामो प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कसैलाई पनि खेलमा हिंसा गर्ने अधिकार नभएको भन्दै नुनेजसहित ११ खेलाडीमाथि छानबिन अगाडी बढेको बताएको छ । उरुग्वेले आइतबार बिहान क्यानडासँग तेस्रो स्थानको खेल खेल्नु अघि नै कारवाही हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ५० बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा