२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवलमा २५ लाखको लगानीमा खुल्यो म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मैत्रीपथमा म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा आएको छ ।

हाडजोर्नी, मांसपेसी र नशा सम्बन्धी रोगहरुको उपचार गर्नेगरी फिजियोथेरापि चिकित्सकद्वय अवनिश खड्का र शुसिल चन्द्र अर्यालको संयुक्त २५ लाख लगानीमा सेन्टर सञ्चालनमा आएको हो ।

नेपालमै पहिलो पटक गन्सटेड काईरोप्राक्टिक तथा काठमाडौंपछि पहिलो पटक सकवेभ उपचार पद्धतिको सेवा सहित उपचार गर्नेगरि शुक्रबारबाट सेवा शुरु गरेको हो ।

सेन्टरको एक कार्यक्रमका बिच उद्धाटन गर्दै बरिष्ठ नसा रोग विशेषज्ञ डा. राजिव भण्डारीले नशा तथा हाडजोर्नीको उपचारमा थेरापीको भूमिका महत्त्वपूर्ण रहने बताए ।

उनले विदेशतिर उपचार पछि आवश्यक फिजियोथेरापी बिना बिरामी घर नपठाउने गरेको भएपनि नेपालमा त्यस्तो अवस्था नभएकोले सेन्टर सञ्चालनले निकै राम्रो सन्देश दिएको बताए ।

उनले बुटवल क्षेत्रमा यो किसिमको सेवा शुभारम्भ गरकोमा शुभकामना ब्यक्त गर्दै आफ्नो क्षेबबाट हुनसक्ने सहयोग गर्न प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सञ्चालक अविनाश खड्काले गन्सटेड काईरोप्राक्टिक पद्धिती नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको र भारतमा आफुले अध्ययन र काम गरेर बुटवलमा सेन्टर स्थापना गरेको बताए ।

सेन्टरबाट काइरो प्राक्टीक सेवा, म्यानुअल मेडिसिन सेवा, सकवेभ थेरापी सेवा, लेजर थेरापी, ड्राईनिडलिङ थेरापी सेवा, कपिङ थेरापी, टेपिङ थेरापी, स्पाईन एडजस्टमेन्ट, र पोस्चर करेक्सनका गरिने सञ्चालक खड्काले बताए ।

अर्का सञ्चालक शुसिल चन्द्र अर्यालले सेन्टरबाट उपलब्ध हुने सेवा सुविधाहरुको बारेमा बताउँदै शुभारम्भको अवसरमा निशुल्क परामर्श सेवा तथा ल्याब टेस्टमा २० प्रतिशत र सम्पूणर् उपचारमा २५ प्रतिशत छुट प्रदान गरिएको बताए ।

उनले ढाड कम्मर दुख्ने जोर्नि खिईने, घोडा दुख्ने, गर्धन दुख्ने, कुहीना दुख्ने कुरकुच्चा दुख्ने, हात खुट्टा पोल्ने, झमझमाउने, सिल्का हान्ने, खेलकुदमा हुने चोटपटक, अपरेशन हुनु अघि र पछिको पुर्नस्थापना, बाथ, युरिक एसिड, लिगामेन्ट चेतिएको, मिनिस्कस ईन्जुरी, पक्षघात, पार्किन सोनिजम, जिबिएस, स्पाईनल कर्ड ईन्जुरी, सेरेवल पाल्सी, अटिजम तथा सम्पुणर् हाडजोर्नि, मांसपेसी र नशा सम्वन्धी समस्याहरुको उपचार गरिने जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : १० बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ