१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रामायण वाचन प्रतियोगितामा कालिका मानवज्ञान माविका विवेक खराल प्रथम



बुटवल । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले आयोजना गरेको प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय रामायण वाचन प्रतियोगितामा कालिका मानवज्ञान माविका विवेक खराल प्रथम भएका छन ।

१२ विद्यालय सहभागी भएको प्रतियोगितामा खरालले सबैलाई पछाडि पारेर प्रथम हुँदै २ हजार पुरस्कार पनि हात पारे । त्यस्तै कान्ति मावि गुगल राना द्धितीय, डन मोडल स्कूलकी शिक्षा भण्डारी तृतीय र स्कलर्स होमका सचिन पन्थी सान्त्वना भए । उनीहरुले क्रमस १ हजार ५००, १ हजार र ५० नगर र प्रमाणपत्र हात पारे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाको अध्यक्षता संघका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रतियोगिताको निर्णायकमा डा. थानेश्वर अर्याल, डा प्रेमप्रसाद तिवारी र इन्दिरा अर्याल थिए । कार्यक्रमको संयोजक कल्पना कुसुम र कार्यक्रम सञ्चालन विधान कार्कीले गरेका थिए ।

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : २० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा