२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालगन्जको आदर्श उच्च माविमा प्रवेश परीक्षा दिने घुँइचो



नेपालगन्ज । पश्चिम नेपालमा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा अगुवाई गर्दै आएको नेपालगन्जमा संचालनमा रहेको आदर्श उच्च माविमा पहिलो चरणको प्रवेश परीक्षामा नै ५ सय बढी बिद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् । दश जोड दुईको अध्ययनका लागि खुल्ला गरिएको प्रवेश परीक्षामा पहिलो चरणमा ५ सय बढी बिद्यार्थीहरुले परीक्षामा सहभागी भएको बिद्यालयले जनाएको छ ।

बिज्ञान र ब्यवस्थापन संकाय अन्तर्गतका बिषयहरुमा अध्ययन गर्नका लागि आदर्श उच्च माविमा कर्णाली र सुदुरपश्चिम प्रदेशबाट समेत बिद्यार्थीहरु आइपुगेको उच्च माबि बिभागका प्रमुख महेश्वर जोशीले जानकारी दिए ।

५ सय बिद्यार्थीका लागि भर्ना खुल्ला गरिएकोमा पहिलो चरणमा नै ५ सय २४ बिद्यार्थी सहभागी भएको उनले बताए । उनका अनुसार एसईईको मौका परीक्षा पछि र योग्य बिद्यार्थीलाई अवसर दिन दोस्रो चरणमा पनि प्रवेश परीक्षा संचालन गरिने छ । करिकुलम भित्र सहित करिकुलम बाहिरका अतिरिक्त शिक्षा, नैतिक आचरण युक्त अध्यापन तथा उत्कृष्ठ नतिजाका कारण पश्चिम नेपालका बिद्यार्थी र अभिभावकहरुको आदर्श रोजाई हुने गरेको उनले दाबी गरे ।

२०५६ सालमा स्थापना भएको आदर्श माबिले छोटो समयमा नै उच्च माबि हुँदै स्नातकको समेत कक्षा संचालन गर्दै आएको छ । नेपालगन्ज पश्चिम नेपालकै शैक्षिक गन्तब्य बनाउन आदर्शको प्रयास निरन्तर जारी रहेको बिद्यालयका संस्थापक संचालक इश्वर पोखरेलले बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ५२ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर