१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

गठबन्धनका चुनौतीहरू : विकृत बन्दै गठबन्धन संस्कृति



नेपालगन्ज । अहिले देश गठबन्धनमय छ । संघ, प्रदेश सरकार गठबन्धनबाट बन्ने र भत्कने गरेका छन् । यसरी गठबन्धन बन्ने र भत्कने किन भएको हो ? सामान्य नागरिकले बुझ्न सकेका छैनन । आज गठबन्धनका कारण हाम्रा प्रदेशका सरकारहरु अन्यौलमा छन् । कतै बन्न सकेका छन् कतै बन्न सकेका छैनन । गठबन्धन एकातिर छ सरकार अर्कोतर्फ छ । यसबाट नेपाली जनताले नेपाली राजनीतिलाई कसरी बुझ्ने ?

पक्कैपनि सामान्य रुपमा राजनीतिमा सिद्धान्त, विचार र कार्यक्रम मिल्नेहरुको बीचमा मोर्चा, गठबन्धन हुने गर्छ । विशेष राष्ट्रिय समस्या समाधानका लागि कुनै खास इस्युमा दलहरुवीचको कार्यगत एकता वा गठबन्धन जरुरी हुन्छ । तर पछिल्लो समयमा नेपालमा गठबन्धन स्वार्थमा केन्द्रीत भएर विजातीय र अप्राकृतिक हुने गरेको छ । यो अराजनैतिक चरित्र हो । आज नेपालमा त्यहि भैरहेको छ ।

डा.केदार कार्की

जनताले नजिकबाट कुनै पनि सरकारको अनुभूति गर्न पाउन सकिरहेका छैनन । जनताका दैनिक समस्याहरुसँग बढी सम्बन्धित हुन्छ स्थानीय निकाय आज राजनैतिक दलहरुको अखडा भएको छ । जनताका समस्याहरुलाई नजिकबाट बुझेको र भोगेको स्थानीय नेतृत्वले निर्वाचनमा कुनै दल विषेशको टिकटबाट निर्वाचित भएको भएपनि निर्वाचित भैसकेपछि सबैको साझा र स्वतन्त्र भएर स्थानीय जनताका समस्याहरुलाई समाधान गर्ने सामथ्र्य राख्न सकनु पर्दथ्यो । स्थानीय तह निर्वाचनका बेला दल विशेष भएको भएपनि व्यवहारमा हुनु हुदैन । तर पछिल्लो समयमा राजनैतिक दलहरुमा मौलाईरहेको भागवण्डा, गठबन्धनको विकृत प्रवृत्तिले जनताका जनप्रतिनिधि पाउन गारो भएको छ ।

दलहरुले अपनाएको गठबन्धनको भागवण्डाको तौर तरिकाले स्थानीय होस या प्रदेश र केन्द्रको नै किन नहोस, सत्ताको रसोस्वादन गर्ने नियतबाट नै काम भएको छ । आज त्यसैको परिणाम दलहरुमा अनुशासन हराएको छ । पछिल्लो उदाहरण सुदुरपश्चिम प्रदेश सरकारको अवस्थालाई हेर्न सकिन्छ, कोशीको परिणामलाई महसुश गर्न सकिन्छ । दलहरु गठबन्धनका नाममा जनताका समस्यालाई समाधान गर्ने भन्दा पनि सत्ताको रसोस्वादन कसरी गर्ने भन्ने कुरामा तल्लिन भएको स्पष्ट हुन्छ ।

अहिले सम्म गठबन्धन सरकारको ढाँचामा पर्याप्त सहजता रहेको छ। यसमा एक–दुई पार्टीले निर्णायक भूमिका खेलेका छन् । गठबन्धन सरकारका लागि औपचारिक आवश्यकताहरू अपनाउन सके राम्रो हुन्छ। सबैभन्दा प्रष्ट आवश्यकता भनेको चुनावअघि नै गठबन्धन हुनुपर्छ । ‘सबैभन्दा ठूलो दल’को अभ्यासलाई अब परिवर्तन गरी ‘सबैभन्दा ठूलो निर्वाचन पूर्व गठबन्धन’को सिद्धान्तलाई मान्यता दिनुपर्छ । यसले कुनै बाधा बिना पक्ष परिवर्तन गर्ने प्रवृत्तिलाई रोक्नेछ, जुन यस निर्वाचनमा धेरै हदसम्म देखिएको छ र अहिलेसम्म को कोसँग छ भन्ने स्पष्ट हुन सकेको छैन । निर्वाचन पूर्व गठबन्धन र औपचारिक गठबन्धनको घोषणापत्र पनि हुनुपर्छ ।

कुनै राजनीतिक दलले आफ्नो व्यक्तिगत घोषणापत्रमार्फत अवास्तविक र अव्यावहारिक वाचा गरेर गठबन्धनको सरकार हो र आफ्नो पार्टी त्यसको सदस्य मात्रै हो भनी छाड्न सक्छ । यो विज्ञापन को सबै सिद्धान्त को उल्लङ्घन हो । कुनै दलले पूर्ण बहुमत पाउँछ भन्ने मान्न नसकिने भए पनि सरकारको हिस्सा बनेमा पार्टीको नीतिगत स्थिति कस्तो हुन्छ भन्ने कुरा मतदाताका रूपमा हामीसँग छ । राजनीतिक दलहरूले चुनावअघि वास्तविक साझा नीतिगत स्थिति र एजेन्डा निर्माण गर्ने चुनौतीसँग जुध्नुपर्छ ।

गठबन्धनको रूपमा मूल्याङ्कन गर्न र विजयी भएमा उनीहरूलाई जवाफदेही बनाउन पनि यो आवश्यक छ । यी उपायहरूले सत्तारूढ गठबन्धनको प्रतिनिधित्व र जवाफदेहिता बढाउने छ । सायद हामीले यसभन्दा बाहिर जानुपर्छ र यी आधारभूत नियमहरू परिमार्जन गर्न आवश्यक छ । निर्वाचनपछि कुनै पनि उम्मेदवारले बहुमत नआएमा न्यूनतम मतसहितको समानुपातिक प्रतिनिधित्वलाई विकल्पका रूपमा लिन सकिने व्यवस्था धेरै देशमा छ । विशेषगरी संघीय संरचनाको विकेन्द्रीकरणका लागि यो व्यवस्था उपयुक्त छ । पक्कै पनि नेपाली सन्दर्भमा यी र अन्य विकल्पहरूको सान्दर्भिकतामा लामो समयदेखि बहस भइरहेको छ र यथास्थितिबाट टाढा जान थोरै गरिएको छ। तर, प्रभावकारी नीति निर्माण र कार्यान्वयनमार्फत यथास्थितिमा केही परिवर्तन ल्याउन सकिन्छ भने सार्थक विकल्पहरू विचार गर्नुपर्छ ।

दलहरुले पछिल्लो समयमा अपनाइरहेको यो गठबन्धन र भागवण्डाको संस्कृतिलाई अब जनताले नै निस्तेज र निरुत्साहित गर्नु पर्दछ । दलहरुले भागवण्डाका आधारमा तय गरेका नीति र विधिमा होइन जनताको म्याण्डेट अनुसार आफुलाई परिचालन गर्नेतर्फ आफुलाई अगाडी बढाउनु जरुरी छ । देशमा सत्ता स्वार्थका लागि गठबन्धन र भागवण्डाको संस्कृति जति मौलाउँदै जान्छ, त्यसै अनुसार अराजनैतिक संस्कारको विकास हुदै जान्छ । त्यसैले सत्ताको रसोस्वादनका लागि गठबन्धन र भागवण्डा गर्ने प्रवृत्तिलाई जनताले दरिलो झापड दिनु पर्दछ । (लेखक वरिष्ठ पशु चिकित्सक तथा स्वास्थ्य व्यवस्थापक हुन्)

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ५२ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने