२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

झापावासी भन्छन्- प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ



झापा । चौथोपटक प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन् ।

नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको आफ्नो पार्टीको सरकारका पालामा समग्र मुलुकको विकासले गतिलिने विश्वास व्यक्त गरे । उनले भने, “उहाँले झापा जिल्लामा अधुरा रहेका योजना र थप महत्वका पूर्वाधार निर्माणमा ध्यान दिनुहुने नै छ । साथै विगतका कमजोरी सुधारेर जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुहुने आशा जागेको छ ।”

उनले विगतमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र पर्याप्त बजेट थोपरेको आरोप लागेकाले अब भने समग्र जिल्ला र प्राथमिकताका आधारमा देशका अन्य भूभागमा समेत विकास हुने अपेक्षा गरिएको धारणा राखे ।

दमक नगरपालिकाका प्रमुख राम थापाले आफूले भोट दिएर जिताएको व्यक्ति पुनः प्रधानमन्त्री बनेकोमा खुसी लागेको भन्दै जिल्लाका अधिकांश अपूरा र अधुरा विकास निर्माणका कामले पूर्णता पाउने आशा पलाएको बताए । नगरप्रमुख थापाले प्रधानमन्त्री ओली यसअघि सुरू गरेको औद्योगिक पार्क लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले अब बाँकी कामलाई पूर्णता दिन उनले ध्यान दिनेमा आफूहरु विश्वस्त रहेको सुनाए । उनले भने, “रवि चिसापानी सडक विगत १५ वर्षदेखि बन्न सकेको छैन, अब सडकले गतिलिने छ । अरू योजना पनि अगाडि बढाउन भेटेरै प्रस्ताव गर्ने योजना छ ।”

समाजसेवी हरिचरण बानियाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरर्ण, औद्योगीकरण र शिक्षामा आमूल परिर्वतनगरी युवालाई विदेश पलायनबाट रोक्न ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : २८ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित