३ मंसिर २०८२, बुधबार | November 19, 2025

बैतडीका छ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा



बैतडी । बैतडीका छ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा छ ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिरोको जोखिम मध्यम छभने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिराको जोखिम सामान्य छ । पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ । विपद्बाट सृजना हुने भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : १६ बजे

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष

पाशुपत क्षेत्रमा शतबीज छरियो

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ