२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो नियोन क्रेडिट कार्ड



काठमाडौ । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुँपैया र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड को सुविधा सगौरव संचालनमा ल्याएको छ ।

आधुनिक जिवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरि संचालनमा ल्याईएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ, जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा बिल्कुलै भिन्न देखिन्छ ।

POS मर्चेन्ट संजाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरी पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाईन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा संचालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफरहरु प्राप्त गर्न सक्नेछन्, साथै रु.५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकले लिएको छ ।

नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुट सम्बन्धि विवरणको बारेमा बैंकको वेभसाईट, सामाजिक संजाल मार्फत ग्राहकलाई निरन्तर जानकारी गराईने छ । नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको बैंकको नविनतम योजना हो, जस अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ३ : ०३ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न