१७ माघ २०८२, शनिबार | January 31, 2026

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र अनुभूति साटासाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।

प्रदेश प्रमुख शेरचनले राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गरे । कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिए ।

कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताए ।

विगतमा संविधानको अक्षरसः पालना नहुँदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश प्रमुख समक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उक्त एकेडेमीका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ४ : ५१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक