१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पुस्पलाल चोकको दिप्सन होटलमा युवक मृत फेला



नेपालगन्ज । नेपालगन्जको पुस्पलाल चोकमा रहेको एक होटलमा एकजना युवा मृत अवस्थामा फेला परेका छन् । नाम ठेगाना नखुलेको युवाको शव दिप्सन होटलको कोठामा अर्ध नग्न अवस्थामा फेला परेको हो ।

बाँके नेपालगन्ज-२ पुष्पलाचोक नजिक दिप्सन होटेलको कोठामा वर्ण गहुँगोरो, कालो कपालमा खैरो रङ लगाएको, बायाँ हातको हत्केलाको पछाडी JIMIN र ARBIN लेखेको ट्याटु रहेको युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नामथर, वतन नखुलेको ५ फिट ८ इन्च उचाई, शरीरमा निलोमा पहेलो बुट्टा भएको पेन्टी मात्र लगाएको युवकको शव फेला परेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार ३ जनाको समुहमा आएकाहरुले होटलमा मोबाइल नम्बर मात्र टिपाएर बुधबार राती ९ बजे होटलमा कोठा बुक गराएका थिए । बिहान अबेर सम्म कोठाबाट कुनै आवाज नआएपछि होटल संचालकले कोठामा हेर्दा २ जना होटलबाट गइसकेको र एक जना अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको डीएसपी डाँगीले बताए । प्रहरीले अचेत रहेका युवालाई अस्पताल पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

रिसेप्सनमा टिपाएको मोबाइल नम्बरका आधारमा प्रहरीले अनुसनधान सुरु गरेको डाँगीले बताए । मृत अवस्थामा फेला परेको मृतक व्यक्तिको हाल सम्म पहिचान हुन नसकेकोले पहिचान चिन्न सक्नेले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न आग्रह गर्दै प्रहरीले मृतकको फोटो सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : ४३ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र