९ पुस २०८२, बुधबार | December 24, 2025

पुस्पलाल चोकको दिप्सन होटलमा युवक मृत फेला



नेपालगन्ज । नेपालगन्जको पुस्पलाल चोकमा रहेको एक होटलमा एकजना युवा मृत अवस्थामा फेला परेका छन् । नाम ठेगाना नखुलेको युवाको शव दिप्सन होटलको कोठामा अर्ध नग्न अवस्थामा फेला परेको हो ।

बाँके नेपालगन्ज-२ पुष्पलाचोक नजिक दिप्सन होटेलको कोठामा वर्ण गहुँगोरो, कालो कपालमा खैरो रङ लगाएको, बायाँ हातको हत्केलाको पछाडी JIMIN र ARBIN लेखेको ट्याटु रहेको युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नामथर, वतन नखुलेको ५ फिट ८ इन्च उचाई, शरीरमा निलोमा पहेलो बुट्टा भएको पेन्टी मात्र लगाएको युवकको शव फेला परेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार ३ जनाको समुहमा आएकाहरुले होटलमा मोबाइल नम्बर मात्र टिपाएर बुधबार राती ९ बजे होटलमा कोठा बुक गराएका थिए । बिहान अबेर सम्म कोठाबाट कुनै आवाज नआएपछि होटल संचालकले कोठामा हेर्दा २ जना होटलबाट गइसकेको र एक जना अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको डीएसपी डाँगीले बताए । प्रहरीले अचेत रहेका युवालाई अस्पताल पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

रिसेप्सनमा टिपाएको मोबाइल नम्बरका आधारमा प्रहरीले अनुसनधान सुरु गरेको डाँगीले बताए । मृत अवस्थामा फेला परेको मृतक व्यक्तिको हाल सम्म पहिचान हुन नसकेकोले पहिचान चिन्न सक्नेले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न आग्रह गर्दै प्रहरीले मृतकको फोटो सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ७ : ४३ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका