३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बार्सिलोनासँग यमलको पारिश्रमिक बढाउन सुपर एजेण्टको माग



काठमाडौं । १७ वर्षीय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ । कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ ।

यसैबीच यमलका सुपर एजेन्ट जर्ज मेन्डेजले बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्तदेखि बढाउन माग गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार यमलको बार्सिलोनामा २०२६ सम्म सम्झौता रहेको छ र उनको हाल प्रति साता करिब ३५ हजार डलर मात्र पारिश्रमिक रहेको छ । बार्सिलोनाले यस अघि यमलको पारिश्रमिक २०२६ पछि मात्र बढाउने भनेपनि युरोकपको उनको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ ।

युरोकपको सफलतापछि यमल बार्सिलोनाका लागि खेलाडी र कमर्सियल रुपमा पनि सफल हुनसक्ने देखिए पछि बार्सिलोना उनको पारिश्रमिक बढाउन तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनामा हाल सर्बाधिक पारिश्रमिक रहेका खेलाडी नेदरल्याण्डसका  फ्रांकी डी जोंग हुन् । उनको प्रति साता पारिश्रमिक ७ लाख ८५ हजार डलर रहेको छ । त्यस्तै त्यसपछि रोबेर्ट लेवानडोस्कीको प्रति साता ५ लाख ६७ हजार डलर रहेको छ । उनीहरुको तुलनामा यमलको पारिश्रमिक १० प्रतिशत भन्दा पनि कम रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ७ : ४९ बजे

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको