५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बुटवलमा असुरक्षा बढ्यो, देवीनगरको प्रहरी बिट नजिकै छुरा प्रहारबाट २ जना घाइते



बुटवल । गत जेष्ठ २ गते राती बुटवलको तिनकुने नजिकै भएको चक्कु प्रहारबाट घाइते युवाको मृत्यु भएको १५ दिन नपुग्दै बुटवलको देबीनगरमा छुरा प्रहार हुँदा २ जना युवा घाइते भएका छन् । शुक्रबार साँझ ९ बजेको समयमा बुटवल ११ देवीनगरमा युवाहरुबीच छुरा प्रहार भएको छ । आपसमा झगडा गरेका युवाहरु मध्य २ जना छुरा प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देवीनगर प्रहरी बिट नजिकै रहेको ‘दि कफी’ पसल भित्र युवाहरुबीच आपसमा चक्कु हानाहान भएको र चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका-५ का ३० वर्षीय दिवस मल्ल र बुटवल-१२ बस्ने २५ वर्षीय पवन शाही घाइते भएका छन् । घाइते भएका दुबै जनाको टाउको र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

घटनामा संलग्न भएको आरोपमा बुटवल–१३ जितगढी बस्ने २३ वर्षीय विष्णु थापा र तिलोत्तमा नगरपालिका-३ बस्ने २३ वर्षीय अनुप भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवाहरु बीच आपसमा भनाभन हुँदा छुरा हानाहानको अवस्थामा पुगेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बुटवलको छुरा प्रहार काण्ड : छुरा प्रहारको ४८ दिनमा घाइते युवाको मृत्यु, छुरा हान्नेहरु पक्रन प्रहरी असफल

बुटवलको छुरा प्रहार प्रकरण : हत्याका अभियुक्त दुई जनाले गरे प्रहरीमा आत्मसमर्पण

बुटवलको तिनकुनेमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, २ जना पक्राउ

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : ०४ बजे

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरण : सर्वोच्चमा सुनुवाइ जारी, आजै फैसला आउन सक्ने

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा

आज चैते दशैँको घटस्थापना

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैँको नवरात्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका