२ श्रावण २०८३, शनिबार | July 19, 2026

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरण : सर्वोच्चमा सुनुवाइ जारी, आजै फैसला आउन सक्ने



काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ जारी राखेको छ ।

न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि निरन्तर भइरहेको सुनुवाइ मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

बुधबार घोडेजात्रा पर्वका कारण काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले बहस हुन सकेको थिएन । आज भने बहस निरन्तर अघि बढ्ने र सम्भवतः बहस सकिएमा आजै फैसला आउन सक्ने अपेक्षा गरिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दर्ता भएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि कानुनी विवाद उत्पन्न भएको हो ।

उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ७ : ३७ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल