९ बैशाख २०८३, बुधबार | April 22, 2026

पाकिस्तानी बोर्डले बाबरसहित तीन खेलाडीलाई फ्रेन्चाईजी क्रिकेट खेल्न रोक्यो



काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी-२० खेल्नबाट रोकेको छ ।

तिन खेलाडीले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकोले उनीहरुलाई पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको छ ।

बोर्डले आगामी आठ पहिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी-२० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आउदो बर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेकोले उनीहरुको राष्ट्रिय टिममा बढी आवश्यकता रहेको बताएको छ ।

यस अघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो ।

त्यस्तै बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने ग्लोबल टी-२० खेल्न अनुमति दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ३ : ४० बजे

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग